काठमाडौं उपत्यका लगायतका ११ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि काठमाडौं उपत्यका लगायतका ११ जिल्लामा भने अझै पनि ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, मोरङ, सुनसरी, झापा, कास्की, रुपन्देही र सुर्खेतमा ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी २ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु २० वटा रहेका छन्। बाँके, बर्दिया, कैलाली, दाङ, पाल्पा, गुल्मी, नुवाकोट ,सिन्धुपाल्चोक,सिन्धुली लगायतका २० जिल्लामा २ सय संक्रमित आइसोलेसनमा रहेका छन्।
हाल देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित रहेको मन्त्रलयले जनाएको छ । यीमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १ हजार ४४ट जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। उता २४६ जना भने क्वारेन्टाइनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?