काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज असोज ४ गतेदेखि दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा कोरोना विरुद्धको भेरोसेल खोप डोज असोज ४ गतेदेखि दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले पहिलो डोज खोप लगाइसकेकालाई यही असोज ४ गतेदेखि ६ गतेसम्म कोरोना विरुद्धको खोप दिइने जनाएको हो ।
खोप लगाउनका लागि काठमाडौं महानगरपालिकाका सबै वडामा गरी ३२ वटा खोप केन्द्र तोकिएको छ। यसबाहेक वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, शसस्त्र प्रहरी अस्पताल, परोपकार प्रसुती अस्पताल लगायतका अस्पताल पनि खोप केन्द्र तोकिएको छ ।
आफूले पहिलो मात्रा खोप लगाएको कार्ड लिएर गएर दोस्रो मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त