चीनबाट एकै दिन आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनबाट आज एकैदिन कोरोना विरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ ।
सरकारले चीनसँग खरिद गरेकोमध्ये ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । सरकाले खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै दुई लटमा गरी ल्याइसकिएको छ ।
याे खाेप अब प्राथमिकता समूह तय गरी लगाउन सुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?