चीनमा एमबीबीएस गरेका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउने, प्रमाणपत्र सहित उपस्थित हुन काउन्सिलको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनमा एमबीबीएस अध्ययन गरेका तर कोभिड महामारीका कारण त्यहाँ इन्टर्नसीप गर्न नपाएका र त्यसका लागि आवेदन दिएका विद्यार्थीले अब नेपालमै इन्टर्नशीप गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगले मागेको आवेदनमा इन्टर्नसीप गर्न नपाएका सन् २०१४ व्याचका विद्यार्थीलाई नेपालमै इन्टर्नसीप गर्ने व्यवस्था मिलाउन लागेको भन्दै विद्यार्थीलाई उपस्थित हुन आग्रह गरेको छ ।
चीनमा कोरोना महामारी शुरु भएपछि नेपाल फर्किएका उनीहरुले इन्टर्नसीप गर्न पाएका थिएनन्। त्यसरी स्वदेश फर्किनेमा कतिपयले अध्ययन पुरा गरेका तर इन्टर्नसीप पुरा गर्न नपाएका कारण उनीहरुको पढाई रोकिएको थियो । उनीहरुले विशेष कारण भन्दै स्वदेशमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।
काउन्सिलले आगामी असोज ४, ५ र ६ मा भिडभाड नगरी बिहान १० देखि ३ बजेसम्म पालो मिलाएर उपस्थित हुन भनेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?