थप १५११ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार १७९ जनाको नमुना परीक्षण गर्दा १५ सय ११ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच १६ सय ८९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
उता देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार २ पुगेको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?