नेपालमा कोरोना संक्रमण दर १० प्रतिशतमा झर्यो, जोखिम भने कायमै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर बिस्तारै कम हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार आज देशभर गरिएको परीक्षणमध्ये कोरोना पुष्टि हुने दर १० दशमलब ६ प्रतिशत रहेको छ ।
उनले आज मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा कोरोना संक्रमण दर १९\ २० प्रतिशतबाट बिस्तारै कम हुँदै १० प्रतिशतमा झरेको जनाए । उनले कोरोना संक्रमण दर कम भए पनि जोखिम भने कायमै रहेको समेत जिकीर गरे । यसरी संक्रमण दर कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा कोरोना भाइरस विरुद्ध विकास भएको एन्टिबडी र जनचेतना भएको अनुमान गर्न सकिने डा पौडल बताउँछन्।
उनका अनुसार गत २४ घण्टामा १६ हजार ८४४ जनाको नमुना परीक्षण गरिएकोमा १७ सय ६० जनामा कोरोना पुष्टि भएको छ । उता गत २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनको संख्या १० हजार ९९१ पुगेको छ । हाल देशभर २६ हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?