थप १५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ । यहीवीच १५ सय ८९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
हाल देशभर २६ हजार २०२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यीमध्ये ४५३ जना आयसीयू र १३७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त