यी हुन् अझै पनि ५ सय बढी सक्रिय संक्रमित हुने १२ जिल्ला
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा केही साता यता कोरोना संक्रमण दर घट्दै गएको भए पनि अझै पनि १२ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।
ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, नवलपरासी पूर्व रहेका छन्। यसैगरी मोरङ, सुनसरी, झापा र सुर्खेतमा पनि ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।
उता बाँके, बर्दिया,कैलाली, गोरखा,बाग्लुङ, स्याङ्जा, पाल्पा गुल्मी लगायतका २० जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?