नेपालमा ५१ लाख ६० हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको पूर्ण खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ५१ लाख ६० हजारभन्दा बढीले कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। शनिबारसम्म दुबै मात्रा खोप लगाउनेको संख्या ५१ लाख ६० हजार ५३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उता कोरोना विरुद्धको खोप एक मात्रा मात्र लगाउनेको संख्या पनि ५७ लाख ६९ हजार ३२८ पुगेको जनाइएको छ । नेपालमा गत माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो । सरकारले असोज मसान्चसम्म एक तिहाई जनसंख्या र चैत महिनाभरीमा सबैलाई कोरोना बिरुद्धको खोप दिने लक्ष्य लिएर खोपअभियान चलायरहेको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।
मन्त्रालयकै एक अध्ययन अनुसार ६८ प्रतिशत नागरिकमा कोरोना विरुद्धको एन्टीबडी बनेको पाइएको छ । जसका कारण पनि पछिल्ला केही दिन यता कोरोना संक्रमण दर र संक्रमितको संख्यामा कमी आउँदै गएको विज्ञहरुको अनुमान छ । नेपालमा हालसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ । फाइजर खोपलाई पनि नेपालले आकस्मिक प्रयोगका लागि अनुमति दिइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण