देशभर ५७८ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर ४५६ जना कोरोना संक्रमित आइसीयूमा र १२२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको तथ्यांक अनुसार गत २४ घण्टामा ९ हजार ८४० जनाको नमुना परीक्षण गर्दा ९९४ जनामा कोरोना पुष्टि भएको छ भने हाल ४५६ जना सिकिस्त संक्रमितको आइसीयूमा र १२२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सबैभन्दा धेरै बाग्मती प्रदेशमा २४३ जना आइसीयूमा र ८७ जना भेन्टिलेटरमा उपचाररत छन्। यसैगरी प्रदेश १ मा ८० जना र १६ जना आइसीयूमा र भेन्टिलेटरमा रहेका छन्। उता प्रदेश २ मा भने आइसीयूमा २ जना छन् भने भेन्टिलेटरमा रहने संख्या शुल्य रहेको छ ।
उता गण्डकी प्रदेशमा ८४ जना संक्रमित आयसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन्। लुम्बिनी प्रदेशमा ३५ जना ११ जना आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
उता कर्णाली प्रदेशमा ४ जना मात्र आइसीयूमा छन्। भेन्टिलेटरमा कोही पनि छैनन्। सुदूरपश्चिममा ८ जना आइसीयूमा र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?