शनिबार ९९४ संक्रमित थपिए, १२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा जम्मा ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ८४० जनाको नमुना परीक्षण गर्दा ९ सय ९४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ । यहीवीच १३ सय ६८ जना कोरोना संक्रमित निको भएका छन्।
हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?