नेपालमा ९५ प्रतिशतले जिते कोरोना
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण भएका ९५ प्रतिशतले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना पुष्टि भएकामध्ये ९४ दशमलब ९ प्रतिशतले कोरोना संक्रमणलाई जितेर संक्रमणमुक्त भइसकेका छ्न्।
यसैगरी मृत्युदर भने १ दशमलब ५ प्रतिशत रहेको छ । हाल नेपालमा ८ लाख ६० हजार ८०६ जनामा कोरोना पुष्टि भएकोमा ७ लाख ३५ हजार ६ जना निको भइसकेको मन्त्रालयले जनाएको छ । यसैगरी बिहिबारसम्म १० हजार ९०३ जनाको मृत्यु भइसकेको छ ।
आइसोलेसनमा रहे सक्रिय संक्रमितको संख्या भने २८ हजार ६७८ रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?