थप १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ९७९ जनाको नमुना परीक्षण गर्दा १८ सय ९७ जनामा कोरोना संक्रमण देखिएको हो । यसैगरी गत २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ८५८ पुगेको छ ।
उता यहीवीच १७ सय ४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा र २ हजार ६२ जना संंस्थागत आइसोलेसनमा रहेका छन। अहिले पनि ५१२ जना कोरोना संक्रमित आइसीयूमा र १६३ जना भेन्टिलेटरमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?