देशभर ६८५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर ६८५ जना कोरोना संक्रमितको आइसीयू तथा भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले पनि देशभर ५२३ जना सिकिस्त संक्रमितको आइसीयूमा र १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशभर ३१ हजार २४८ जना सक्रिय कोरोना संक्रमित रहेकोमा ६८५ जना आइसीयू र भेन्टिलेटरमा रहेको तथा २९ हजार ८१ जना होम आइसोलसनमा छन् । उता २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण भएर १० हजार ८३८ जनाको मृत्यु भएको छ ।
उता कोरोना संक्रमण भएर निको हुने दर ९४ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?