विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको क्षेत्रीय समितिको ७४ औं बैठक नेपालमा हुने भएको छ। बैठक काठमाडौंमा भोलि शुरु भएर ५ दिनसम्म जारी रहनेछ । यस समितिमा नेपाल सहित ११ राष्ट्र सदस्य रहेका छन्।
कोरोना महामारीका कारण बैठक भर्चुअल रुपमा गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए ।यसपटक नेपालले आयोजक राष्ट्रको रुपमा अध्यक्षता गर्नेछ ।
बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक, क्षेत्रीय निर्देशक सदस्य राष्ट्का स्वास्थ्यमन्त्री तथा उच्च स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति रहनेछ ।
बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलन लगायत विषयमा छलफल हुनेछ।
यसैगरी बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुने बताइएको छ ।
आज स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै बैठकको सम्पूर्ण तयारी पूराभइसकेको जनाएको छ





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण