पछिल्लो २४ घण्टामा ७ हजार ९७१ नमुना परीक्षण, १ हजार ८९ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९७१ जनाको नमुना परीक्षण गर्दा १ हजहार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी गत २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ८३८ पुगेको छ । उता यहीवीच १५ सय ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
हाल देशभर ३१ हजार २४८ सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ५२३ जना आइसीयूमा र १६२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?