बिपी प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा कर्मचारीद्वारा कोभिड बाहेक अन्य सेवा बहिस्कार
हेल्थ टिभी अनलाइन \काठमाडौं : आजदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले कोभिड तथा आकस्मिक सेवा बाहेकका सेवा बहिष्कार गरेका छन्।
विभिन्न माग राख्दै आन्दोलनमा रहेको शुद्धीकरण अभियानका अभियन्ताहरूले ८१ औं दिन पुग्दापनि आफूहरूका माग सम्बोधन नभएको भन्दै सेवा ठप्प पारेका हुन्। सरकारले माग पूरा गर्ने भन्दै आफूहरूसँग सम्झौता गरेको १ महिना बितिसक्दा पनि विभिन्न बहाना बनाएर माग सम्बोधनमा ढिलाइ गरेको आन्दोलनरत पक्षको भनाई छ ।
प्रतिष्ठानमा भएको अनियमितताबारे छानबिन गरी दोषिमाथि कारबाही हुनुपर्ने तथा प्रतिष्ठानका पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै उनीहरू असार १ गतेदेखि आन्दोलनमा छन्।
सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको एक महिना बितिसकेको छ भने आन्दोलनकर्मीसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको पनि आज १ महिना पुरा भएको छ । तर, सरकारले कार्यदलको प्रतिवेदनले दोषी औल्याएका पदाधिकारीहरुलाई कारबाही गर्न चासो नदेखाएको उनीहरुको गुनासो छ । सरकारकाे छानबिन मात्र गर्ने र प्रतिवेदन कार्यान्वयन नगर्ने प्रवृत्तिको कारण आन्दोलनलाई थप कडा बनाउनु परेको संघर्ष समितिले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?