शनिबार १२६८ जनामा कोरोना संक्रमण, २१९५ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर जम्मा १२ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ८७५ जनाको नमुना परीक्षण गर्दा १२ सय ६८ जनामा कोरोना पुष्टि भएको हो । शनिबार नमुना कम परीक्षण भएसँगै नयाँ संक्रमित थपिने पनि कम भएको छ । यसैगरी गत २४ घण्टामा मृत्यु पनि कम देखिएको छ । २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ८१८ पुगेको छ । उता यहीवीच संक्रमित भन्दा बढी २१ सय ९५ जना निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ५५४ जना आइसीयूमा र १७२ जना भेन्टिलेटरमा उपचाररत छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?