शुक्रबार १७५६ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा १७ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ३३४ जनाको नमुना परीक्षण गर्दा १७ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ८०९ पुगेको छ । उता यहीवीच २२ सय ७४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् ।
यीमध्ये ५४० जना आइसीयूमा र १५६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। नेपालमा कोरोना संक्रमण भएर निको हुने दर ९४ दशमलब ३ प्रतिशत रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित