कोरोना संक्रमण हुनेमा २१ देखि ४० वर्ष उमेर समूहका बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण हुनेमा २१ देखि ४० वर्ष उमेर समूहका बढी भएको पाइएको छ । गत २४ घण्टाको तथ्यांक हेर्ने हो भने कुल संक्रमितमध्ये २१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै रहेको पाइन्छ । गत २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७६८ जना २१ देखि ४० वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३८४ जना २१ देखि ३० वर्षका र ३१ देखि ४० वर्षका ३८४ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी ४१ देखि ५० वर्षका २६० जना र ५१ देखि ६० वर्षका २१० जनामा कोरोना पुष्टि भएको छ । उता ६१ देखि ७० वर्षका ११५ र ७१ देखि ८० वर्षका ६६ जना र ८० वर्ष माथिका ४३ जनामा कोरोना भेटिएको हो । उता १० वर्षसम्मका ३८ जना बालबालिका र ११ देखि २० सम्मका ११९ जना किशोरकिशोरीमा पनि कोरोना पुष्टि भएको छ ।
कोरोना संक्रमण युवामा धेरै भए पनि मृत्युदर भने ६० वर्ष माथिकामा बढी देखिएको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?