थप २ हजार ४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ६५० जनाको नमुना परीक्षण गरिएकोमा २ हजार ४ जनामा कोरोना संक्रमण देखिएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ७८६ पुगेको छ । यहीवीच १८ सय ४६ जना संक्रमित निको भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ५४४ जना आइसीयूमा र १६६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?