नेपालमा १५ प्रतिशत नागरिकले लगाए कोरोना विरुद्धको पूर्ण खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना विरुद्धको पूर्ण खोप कुल जनसंख्याको १५ प्रतिशतले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार बुधबारसम्म कोरोना विरुद्धको दुबै डोज अर्थात पूर्ण खोप पाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ पुगेको छ । यो भनेको १५ दशमलब ४ प्रतिशत हुन आउँछ ।
यसैगरी कोरोना विरुद्धको पहिलो डोज लिने झण्डै १८ प्रतिशत पुगेका छन्। हालसम्म पहिलो डोज लिनेको संख्या ५४ लाख २४ हजार ८३६ पुगेको डा पौडेलले जानकारी दिए ।
सरकारले कुल जनसंख्याको ७१ दशमलब ६ प्रतिशतलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य राखेको छ । यो लक्ष्य अनुरुप सरकारले २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप दिनुपर्ने हुन्छ । अहिलेसम्म दुबै डोज गरेर १ करोड ९२ हजार १६४ जनाले खोप पाइसकेका छन्।
असोजसम्म एक तिहाई जनसंख्यालाई खोप दिने सरकारको लक्ष्य रहेको छ । यो वर्षको अन्त्य सम्ममा सबै नागरिले खोप पाउने बताइएको छ । नेपालमा गत माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो । खोप अभियान अहिले पनि जारी रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?