‘कोरोना महामारीमा पनि बालबालिकाको नियमित खोप नछुटाऔं’
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना छ भनेर त्रसित भएर वा लापरवाही गरेर बालबालिकालाई नियमित रुपमा दिइने खोपहरु छुटाउन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना महामारीकै बेलामा पनि बालबालिकालाई धेरै रोगहरुबाट बच्न सहयोग गर्ने खोपहरु लगाउन छुटाउन नहुने जनाएको हो ।
मन्त्रालयले १५ महिना मुनिका बालबालिकालाई विभिन्न रोग विरुद्धका नियमित खोप लगाउनका लागि सबैलाई अनुरोध समेत गरेको छ। महामारीका बेला भनेर बालबालिकाको नियमित खोप छुटाउँदा उनीहरुमा विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपांगता हुने दर बढ्ने हुनाले बालबालिकाको उमेर अनुसारको खोप लगाउनुपर्नेमा मन्त्रालयले जोड दिएको हो ।
बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुले पनि अहिले नियमित खोप लगाउन छुटेका बालबालिकामा भोलिका दिनमा ठूलो समस्या देखिनसक्ने र अहिलेसम्म बाल स्वास्थ्यमा हासिल गरेको सफलतामा ह्रास आउनसक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?