भारतमा ६५ करोडभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा हालसम्म ६५ करोडभन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाइसकेका छन्। त्यहाँ गत जनवरीदेखि खोप लगाउन सुरु भएको थियो । प्रत्येक दिन बढी भन्दा बढी खोप लगाउने देशमा भारत नम्बर १ मा पर्न आउँछ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा १ करोड ९ लाख जनालाई कोरोना विरुद्धको खोप दिइएको छ । यो आफैमा निकै ठूलो संख्या रहेको पनि मन्त्रालयले जनाएको छ ।
औषतमा भारतमा प्रत्येक दिन ७४ लाखभन्दा बढीलाई खोप दिन काम भइरहेको जनाइएको छ । ११४ दिनमा १७ करोड मानिसलाई कोरोना विरुद्धको खोप दिएर भारतले रेकर्ड राखेको स्वास्थ्यका अधिकारीहरु बताउँछन्। भारत खोप लगाउने मामिलामा विश्वमै नम्बर १ मा पर्न आउँछ । त्यसपछि दोस्रो नम्बरमा ब्राजिल रहेको छ ।
भारतमा हालसम्म ३ करोड २८ लाख १० हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ लाख ३९ हजार ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त