थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार २३३ जनाको नमुना परीक्षण गर्दा २२ सय ९५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा १६ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७३० पुगेको छ । यहीवीच १८ सय ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हाल देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा र २५ सय ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?