पछिल्लो २४ घण्टामा १० हजार २९७ परीक्षण, १३ सय ८८ जनामा कोरोना पुष्टि
२२६० जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार २९७ जनाको नमुना परीक्षण गरेकोमा १३ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ७१४ पुगेको छ । उता यहीवीच २२ सय ६० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
हाल देशभर ३५ हजार ७९६ सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?