तिलगंगा आँखा प्रतिष्ठानमा सेवा विस्तार
हेल्थ टिभी अनलाइन \काठमाडौं : तिलगंगा आँखा प्रतिष्ठानमा आँखा सेवा विस्तार हुने भएको छ । कोभिड -१९ को महामारी यथावतै रहेको अवस्थामा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र साँझसम्म सहज रुपमा सेवा प्रदान गर्ने उद्धेश्यले प्रतिष्ठानमा भदौ १६ गतेदेखि विस्तारित सेवा प्रारम्भ हुन लागेको हो ।
हाल बिहान ८ बजेदेखि दिउँसो ३ः३० सम्म मात्र नियमित सेवा प्रदान गरिरहेको प्रतिष्ठानले भदौ १६ गते देखि भने साँझ ६ः३० बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने जनाएको छ । कार्यालय समय भित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताको कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै विस्तारित सेवा शुरु गर्न लागिएको जनाइएको छ । अब देखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले ८ बजेदेखि २ बजेसम्म नाम दर्ता गर्न सक्नेछन् भने विस्तारित सेवा लिन चाहने सेवाग्राहीहरुले दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्नेछन् ।
साथै प्रतिष्ठानले विगत ६ महिनादेखि प्रिमियम सेवा पनि संचालन गरिरहेको छ । प्रिमियम आँखा उपचार सेवामा सहज तथा छिटो, लामो लाईन बस्न नपर्ने, सबै विशेषज्ञ डाक्टरहरु एकै ठाउँमा हुने जस्ता सुविधाहरु रहेका छन् । बिहान ८ः३० देखि दिउँसो ३ बजे भित्र सेवाग्राहीले यो सेवा लिन सक्नेछन् ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त