शनिबार १८५७ संक्रमित थपिए, २७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १८ सय ५७ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार १७६ नमुना परीक्षण गर्दा १८ सय ५७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ६९० पुगेको छ । हाल देशभर ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ६१५ जना आइसीयूमा र १७४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?