आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आजदेखि काठमाडौंमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आजदेखि तीन दिनसम्म यो अभियान सञ्चालन हुनेछ । यसअघि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक तथा शिक्षक र कर्मचारी, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक एवं यसअघि खोप लगाउन छुटेकालाई यो खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले जनाएका छन्।
खोप लगाउनका लागि काठमाडौंको ३२ वटै वडा कार्यालय तथा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसुती गृह, शसस्त्र प्रहरी बल अस्पताल, सैनिक अस्पताल र राधास्वामी आइसोलेसन सेन्टर तोकिएको छ । यी तोकिएका खोप केन्द्रमा गई खोप लिन सकिने समेत जनाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?