कोभिड विरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको खोप र हैजा विरुद्धको खोपका लागि क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कोभिड र हैजा विरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार सार्स कोभ २ खोप र हैजाको खोपको क्लिनिकल ट्रायलको अनुमति दिइएको हो। कोभिड खोप चीनको तीनवटा कम्पनीले उत्पादन गरेका हुन्। यस्तै, हैजाको खोप भने गेट्स फाउन्डेसनको प्रमुख लगानीमा उत्पादन भएको हो।
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सिफारिसका आधारमा क्लिनिकल ट्रायलका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?