२१ जिल्लामा अझै पनि ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अझै पनि २१ जिल्लामा ५ सय बढी कोरोनाको सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं, भक्तपुर, ललितपुरसहित २१ जिल्लामा अझै पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
कोरोनाको जोखिम भएका जिल्लाहरुमा उपत्यकाका तीन जिल्ला, प्रदेश १ को मोरङ, सुनसरी र झापा, बाग्मतीका चितवन, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट रहेका छन्। यसैगरी गण्डकीका नवलपरासी पूर्व, कास्की, बाग्लुङ, गोरखा, स्याङ्जा,तनहुँ रहेका छन्। उता कर्णालीमा भने सुर्खेतमा मात्र ५ सय बढी संक्रमित रहेका छन्।
यसैगरी १८ जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?