काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबारदेखि दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकामा भदौ ११ शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।
काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै ३२ वटै वडाहरुबाट भेरोसेल खोप दिइने जनाएको हो । भेरोसेल खोपको पहिलो मात्रा लगाएर २१ दिन पुगिसकेकाले आफनो परिचय पत्र र पहिले खोप लगाएको कार्ड लिएर खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन्।
यसैगरी भदौ १० गते ४० वर्ष माथिका उमेर समूह, १८ वर्ष पूरा भएका प्लस टुमा पढ्ने विद्यार्थी तथा विश्वविद्यालयमा पढ्ने परीक्षा दिनका लागि प्रवेश पत्र लिइसकेका विद्यार्थीलाई पनि भेरोसेलको पहिलो मात्रा दिइँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार नेपालमा ४९ लाख ४३ हजार ७३२ जनाले पहिलो मात्रा र ३८ लाख ५७ हजार ५९८ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?