नेपालमा ७ लाखले जिते कोरोना, १० हजार ५३३ जनाले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ७ लाख बढीले कोरोना भाइरसलाई जितेर संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म ८ लाख २९ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन्।
यसैगरी यहीवीच १० हजार ५३३ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ । नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर १ दशमलब ५ प्रतिशत रहेको छ । यसैगरी निको हुने दर ९३ दशमलब ५ प्रतिशत रहेको छ । अहिले देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेकोमा ६७९ जना आइसीयूमा र १७६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबारसम्म ४९ लाख ४३ हजार ७३२ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । उता पूर्ण खोप पाउनेको संख्या नै ३८ लाख ५७ हजार ५९८ पुगेको छ । खोप अभियना अहिले पनि जारी छ । सरकारले असोजसम्म एक तिहाई जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताउँदै आएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?