Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा २४ जना संक्रमितको मृत्यु

२४ घण्टामा २४ जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यसैगरी १८ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ५३३ पुगेको छ । उता पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ४८ हजार ९८१ जनामा र एन्टिजेनबाट परीक्षण गर्दा ८० हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये हालसम्म ७ लाख ९७ जनाले कोरोना जितिसकेका छन्। गत २४ घण्टामा १९ सय २४ जना संक्रमणमुुक्त भएको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ । यीमध्ये ६७९ जना आइसीयूमा छन् भने १७६ जना भेन्टिलेटरमा रहेका छन्। पछिल्लो समय संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढी देखिए पनि मृत्युदरमा भने कमी आउन सकेको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार