जापानबाट आइपुग्यो थप ५ लाख ५९ हजार डोज कोरोना खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज जापानबाट थप ५ लाख ५९ हजार डोज खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको हो ।
यसअघि जापानले १६ लाख डोज एस्ट्राजेनेको खोप कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराउने प्रतिवद्धता गरेको थियो । आज सहित गरी तीन लटमा १६ लाख डोज खोप नै नेपाल आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जनाएका छन्। यसभन्दा अघि दुई लटमा खोप आएर पहिलो मात्रा कोभिशिल्ड लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दिइएको थियो ।
अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्माले जनाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?