देशभर ८५० संक्रमित आइसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर हाल ८५० जना कोरोना संक्रमित आइसीयू तथा भेन्टिलेटरमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांक अनुसार देशभर ८५० जना सिकिस्त संक्रमित रहेका छन्। यीमध्ये ६८१ जना आइसीयूमा र १६९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा सबैभन्दा बढी संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। बाग्मतीमा ४०८ जना आइसीयूमा र १०४ जना भेन्टिलेटरमा उपचाररत छन्।
यसैगरी प्रदेश १ मा १२२ जना आइसीयूमा ५१ जना भेन्टिलेटरमा छन्। उता प्रदेश २ मा भने आइसीयूमा संक्रमित नरहेको जनाइएको छ । उता संक्रमित बढिरहेको गण्डकी प्रदेशमा ६९ आइसीयूमा र ४ जना भेन्टिलेटरमा छन्। लुम्बिनी प्रदेशमा ६८ जना आइसीयूमा छन् भने ६ जना भेन्टिलेटरमा रहेका छन्। कर्णालीमा ८ जना र २ जना आइसीयू र भेन्टिलेटरमा छन्। सुदूरपश्चिम प्रदेशमा ६ जना संक्रमित आइसीयूमा छन् भने २ जना मात्र भेन्टिलेटरमा रहेका छन्।
हाल देशभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा र ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?