शनिबार २०७५ जना नयाँ संक्रमित थपिए, ३० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार थप २ हजार ७५ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १३ हजार ७५ जनाको नमुना परीक्षण गर्दा थप २ हजार ७५ जनामा संक्रमण देखिएको हो । यसैगरी गत २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ रहेको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । यीमध्ये ७१८ जनाको आइसीयूमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?