पछिल्लो २४ घण्टामा थप ३०४२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ६५४ जनाको नमुना परीक्षण गरेकोमा ३ हजार ४२ जनामा कोरोना देखिएको हो । यसैगरी गत २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ४५५ पुगेको छ ।
हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेकोमा ३६ हजार ९२२ जना होम आइसोलेसनमा र ३ हजार ३८७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। अहिले देशका विभिन्न अस्पतालमा ७१४ जना आइसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?