थप ३०७५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय पुग्यो
२४ घण्टामा ३३ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ४३८ जनाको नमुना परीक्षण गरेकोमा ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ४२९ पुगेको छ । उता यहीवीच २१ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ४० हजार ५ सय सक्रिय संक्रमित रहेका छन्।
यीमध्ये ३७ हजार ११४ जना होम आइसोलसनमा रहेका छन् भने ३ हजार ३८६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?