चीनबाट आइपुग्यो थप ८ लाख डोज भेरोसेल खोप
हालसम्म पूर्ण खोप पाउनेको संख्या ३६ लाख ४९ हजार
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले चीनसँग खरिद गरेको ८ लाख डोज खोप काठमाडौं आइपुगेको छ । चीनसँग खरिद गरिएको ६० लाख खोपमध्ये बुधबार राति ८ लाख डोज आइपुगेको हो ।
स्वास्थ्य मन्त्रालयले आज थप ८ लाख डोज खोप आउने र बाँकी खोप पनि १५ दिनभित्र आइपुग्ने जनाएको छ । सरकारले चीनसँग नन डिस्क्लोजर सम्झौता गरेर ६० लाख डोज खोप खरिद गरेको हो । सो खोप कुन समूहलाई दिने भन्ने तय गरेर तुरुन्त लगाउन सुरु गरिने मन्त्रालयले जनाएको छ ।
सरकारले असोजसम्म एक तिहाई नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ । यसैगरी यस वर्षको अन्तिमसम्ममा सबै नागरिकले खोप पाउने प्रतिवद्धता पनि सरकारको रहेको छ ।
बुधबारसम्म देशभर ३६ लाख ४९ हजार ७६० जनाले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् भने पहिलो मात्रा खोप पाउनेको संख्या ४७ लाख ८५ हजार ९०२ रहेको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त