ग्वान्जाव उन्डफु र बि एस आर बायोटेकद्वारा सरकारलाई २३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभिड १९ महामारी विरुद्ध लड्नका लागि चीनको ग्वान्जावस्थित ग्वान्जाव उन्डफु बायोटेक कम्पनी र बिएसआर बायोटेक प्रालिको संयुक्त सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा बिएसआर बायोटेक प्रालिले मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहलाईउक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा कम्पनीका तर्फबाट नविन कोइराला, दिपेश भण्डारी, र प्रज्जवल न्यौपानेको उपस्थिती रहेको थियो।
सहयोग गरिएका सामग्रीहरुमा कोरोना परिक्षणमा प्रयोग गरिने ८ हजार ४ सय थान एन्टिजेन टेष्ट किट तथा २ थान फाइन केयर थ्रि प्लस एनालाइजर लगायतका सामग्री रहेको बताइएको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त