पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा २१ देखि ३० वर्षका बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० वर्षका रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा देशभर ६५३ जना २१ देखि ३० वर्ष उमेर समूहका रहेका छन्। यसैगरी त्यसपछि ३१ देखि ४० वर्षका ६२३ जना छन्। तेस्रो नम्बरमा ४१ देखि ५० वर्षका रहेका छन्। यसले पनि के देखाउँछ भने कोरोनाको दोस्रो वेभदेखि नेपालमा कम उमेरकालाई बढी संक्रमण पुष्टि हुँदै आएको छ । पहिलो वेभमा भने जेष्ठ नागरिक तथा दीर्घ रोगी बढी संक्रमणमा परेको पाइएको थियो । यति मात्र हैन् यसपटक युवाहरमा संक्रमण मात्र बढी होइन जठिलता पनि बढी देखिएको छ ।
मन्त्रालयका सह प्रवक्ता सहप्रवक्ता डा समिरकुमार अधिकारी यसरी संक्रमणमा पर्नेमध्ये अधिकांस कोरोना विरुद्धको खोप नलिएका रहेको जनाउँछन्। उनले भने युवाहरुमा त्यो पनि कोरोना विरुद्धको पूर्ण खोप नलिएकामा बढी जटिलता देखिएको हो । हुन त एकिन तथ्यांक छैन् तर पनि अहिलेको ट्ेन्डलाई आँकलन गर्दा समस्या बढी खोप नलिएकामा देखिएको छ उनले थपे ।
पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना संक्रमित थपिएकोमा सबैभन्दा कम भर्खर जन्मिएकादेखि १० वर्ष सम्मका ७२ जना र ८० वर्ष माथिका ४५ जना रहेका छन्। सबैभन्दा बढी २१ देखि ३० वर्षका रहेका छन्। नेपालमा कोरोनाबाट हुने मृत्युदर भने ६० वर्ष भन्दा माथिकामा धेरै देखिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण