थप ३४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ८३८ जनाको नमुना परीक्षण गर्दा ३४ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३९६ पुगेको छ । उता २१ सय १ जना भने आज संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?