Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामै छन् झण्डै १२ हजार सक्रिय संक्रमित

काठमाडौं उपत्यकामै छन् झण्डै १२ हजार सक्रिय संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : हाल काठमाडौं उपत्यकामा मात्रै झण्डै १२ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेकोमा तीमध्ये ११ हजार ७७४ जना काठमाडौं उपत्यकामै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण र मृत्युदर दुबै उच्च रहेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८ हजार १५८, ललितपुरमा २ हजार १४६ र भक्तपुरमा १ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी काठमाडौंमा हालसम्म २ हजार २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उता ललितपुरमा ६२२ र भक्तपुरमा ४०२ जनाको कोरोनाबाट ज्यान गएको छ ।

घना बस्तीका कारण पनि उपत्यकामा संक्रमण रोकथाम र नियन्त्रणमा समस्या हुने गरेको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी बताउँछन्। कलु सक्रिय संक्रमितमध्ये ३६ हजार ५७५ जना होम आइसेलेसनमा रहेका छन् भने ३ हजार २९६ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा कोरोना संक्रमण भएर निको हुने दर ९३ दशमलब २ प्रतिशत रहेको छ भने मृत्युदर १ दशमलब ५ प्रतिशत रहेको छ ।

हालसम्म देशभर १० हजार ३५४ जनाको कोरोना सक्रमणका कारण मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार