थप ३२७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ३२ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ६८९ जनाको नमुना परीक्षण गर्दा ३२ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १९ सय २९ जना संक्रमणमुक्त भएका छन्। आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ ।
यीमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेका छन्। उता ४१५ जना क्वारेन्टाइनमा रहेका छन्।
मन्त्रालयका अनुसार ७९० जना कोरोना संक्रमितको आइसीयुमा र १९१ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?