के काेराेना भाइरस लामखुट्टेको टोकाइबाट पनि सर्छ ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभिड १९ भाइरस सबैका लागि नयाँ भएकाले पनि यो भाइरस के बाट कसरी सर्छ भन्ने कुरामा धेरैलाई अन्यौल भएको पाइन्छ । यही अन्यौलता हटाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै कोभिड १९ भाइरस लामखुट्टेको टोकाइबाट नसर्ने जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म लामखुट्टेको टोकाइले कोभिड १९ को भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन्। कोभिड -१९ श्वासप्रश्वाससम्बन्धी भाइरस भएकाले यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने थुक वा सिंगानका स साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । त्यसैले यो भाइरस लामखुट्टेको टोकाइबाट सर्दैन भन्ने कुरामा ढुक्क हुन सकिन्छ ।
कोभिड संक्रमणबाट बच्नका लागि मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा हातको सफाईमा ध्यान दिन मन्त्रालयले सबैलाई आग्रह गरेको छ । जनस्वास्थ्यका यी मापदण्ड मात्र पालना गर्ने हो भने धेरै हदसम्म कोरोना भाइरसबाट हुने संक्रमणबाट जोगिन सकिन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?