Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के काेराेना भाइरस लामखुट्टेको टोकाइबाट पनि सर्छ ?

के काेराेना भाइरस लामखुट्टेको टोकाइबाट पनि सर्छ ?

हेल्थ टिभी अनलाइन \काठमाडौं :  कोभिड १९ भाइरस सबैका लागि नयाँ भएकाले पनि यो भाइरस के बाट कसरी सर्छ भन्ने कुरामा धेरैलाई अन्यौल भएको पाइन्छ । यही अन्यौलता हटाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै कोभिड १९ भाइरस लामखुट्टेको टोकाइबाट नसर्ने जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म लामखुट्टेको टोकाइले कोभिड १९ को भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन्। कोभिड -१९ श्वासप्रश्वाससम्बन्धी भाइरस भएकाले यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने थुक वा सिंगानका स साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । त्यसैले यो भाइरस लामखुट्टेको टोकाइबाट सर्दैन भन्ने कुरामा ढुक्क हुन सकिन्छ ।

कोभिड संक्रमणबाट बच्नका लागि मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा हातको सफाईमा ध्यान दिन मन्त्रालयले सबैलाई आग्रह गरेको छ । जनस्वास्थ्यका यी मापदण्ड मात्र पालना गर्ने हो भने धेरै हदसम्म कोरोना भाइरसबाट हुने संक्रमणबाट जोगिन सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार