Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा ४७ लाख बढीले लगाए कोरोना विरुद्धको पहिलो मात्रा खोप, पूर्ण खोप लगाउने झण्डै ३५ लाख

नेपालमा ४७ लाख बढीले लगाए कोरोना विरुद्धको पहिलो मात्रा खोप, पूर्ण खोप लगाउने झण्डै ३५ लाख

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ४७ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर ४७ लाख १६ हजार ९३६ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्। त्यसैगरी ३४ लाख ९० हजार ६५ जनाले दुबै डोज अर्थात पूर्ण खोप लगाएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोभिशिल्ड, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र भेरोसेल खोप लगाइएको छ । खोप अभियान अहिले पनि देशभर जारी रहेको छ । सरकारले असोजसम्म एक तिहाई नागरिलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ भने चैतसम्म सबै नागरिकले कोरोना विरुद्धको खोप पाउने पनि सरकारले प्रतिवद्धता जनाएको छ ।

यही साता जापानले अनुदानमा दिएको १६ लाख मध्येको दोस्रो लट खोप र चीनबाट खरिद गरिएको भेरोसेल खोप आउने मन्त्रालयले जनाएको छ । त्यसो त सरकारले माघ महिनासम्म ५ करोड बढी खोप भित्रिसक्ने जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार