Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ३४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ३९ हजारभन्दा बढी

थप ३४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ६११ जनामा परीक्षण गर्दा ३४ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी गत २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ३२७ पुगेको छ । उता यहीवीच २४ सय ५८ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हाल देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ३६ हजार ३६ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार हाल ७९५ जनाको आइसीयूमा र १९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार