Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के सर्जिकल मास्कलाई स्यानिटाइजर छर्केर पुन: प्रयोग गर्न मिल्छ ?

के सर्जिकल मास्कलाई स्यानिटाइजर छर्केर पुन: प्रयोग गर्न मिल्छ ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणबाट जोगिनका लागि लगाइने सर्जिकल अर्थात मेडिकल मास्क एकपटक प्रयोग गरेपछि सकेसम्म दोस्रोपटक प्रयोग गर्न मिल्दैन । तर धेरै जनाले यसलाई पुन प्रयोग गर्ने र यसमा स्यानिटाइजर लगाएर पनि प्रयोग गर्ने गरेको पाइन्छ ।

यो भ्रमलाई हटाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्जिकल मेडिकल मास्क एकपटकको प्रयोगका लागि मात्र भएको र यसलाई कुनै पनि केमिकल प्रयोग गरेर पुन प्रयोग गर्न नमिल्ने जनाएको छ । स्यानिटाइजर छर्किएर सर्जिकल मास्क प्रयोग गर्दा मास्क भिजेर यसको प्रभावकारिता घट्न जाने समेत मन्त्रालयले जनाएको छ ।

त्यसैले जसले सर्जिकल मास्कको प्रयोग गरेको छ उसले त्यसलाई सकेसम्म दोस्रोपटक प्रयोग गर्न हुँदैन । कपडाको तीनवटा लेयरसहितको मास्क भने पुन प्रयोग गर्न मिल्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार