के सर्जिकल मास्कलाई स्यानिटाइजर छर्केर पुन: प्रयोग गर्न मिल्छ ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणबाट जोगिनका लागि लगाइने सर्जिकल अर्थात मेडिकल मास्क एकपटक प्रयोग गरेपछि सकेसम्म दोस्रोपटक प्रयोग गर्न मिल्दैन । तर धेरै जनाले यसलाई पुन प्रयोग गर्ने र यसमा स्यानिटाइजर लगाएर पनि प्रयोग गर्ने गरेको पाइन्छ ।
यो भ्रमलाई हटाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्जिकल मेडिकल मास्क एकपटकको प्रयोगका लागि मात्र भएको र यसलाई कुनै पनि केमिकल प्रयोग गरेर पुन प्रयोग गर्न नमिल्ने जनाएको छ । स्यानिटाइजर छर्किएर सर्जिकल मास्क प्रयोग गर्दा मास्क भिजेर यसको प्रभावकारिता घट्न जाने समेत मन्त्रालयले जनाएको छ ।
त्यसैले जसले सर्जिकल मास्कको प्रयोग गरेको छ उसले त्यसलाई सकेसम्म दोस्रोपटक प्रयोग गर्न हुँदैन । कपडाको तीनवटा लेयरसहितको मास्क भने पुन प्रयोग गर्न मिल्छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त