Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सिसडोल जाने बाटो बिग्रिएपछि काठमाडौंमा केही दिन फोहोर नउठ्ने

सिसडोल जाने बाटो बिग्रिएपछि काठमाडौंमा केही दिन फोहोर नउठ्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरमा केही दिन फोहोर नउठ्ने भएको छ ।

महानगरले वर्षाका कारण नुवाकोटमा रहेको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल्ड साइट जाने बाटो बिग्रिएकाले केही दिन फोहोर उठाउन नसकिने जनाएको हो । महानगरले बाटो बन्नासाथ फोहोर संकलन गरिने र त्यत्तिन्जेलका लागि आफनो घरको फोहोर बाहिर ननिकालिदिन आग्रह समेत गरेको छ ।

सरकारले उपत्यकाको फोहोर बिसर्जन नुवाकोटस्थित ककनी गाउँपालिकाको सिसडोल भन्ने ठाउँमा गर्दै आएको छ । त्यहाँ जाने बाटो कच्ची भएकाले वर्षातको समयमा प्राय बाटो बिग्रने गरेको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार